FAQs Complain Problems

संक्षिप्त परिचय

लम्कीचुहा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्गसग जोडिएको एक नगरपालिका हो । जुन बिश्वको नक्शामा भौगोलिक हिसाबले ८१ डिग्री १७ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तर र २८ डिग्री ३५ मिनेटदेखि २८ डिग्री ४४ मिनेट उत्तरी अक्षांशमा अवस्थित रहेको छ ।  लम्कीचुहा नगरपालिका १३ कि.मि.पूर्वमा रहेको कर्णाली नदीसग जोडिएको छ । यसको उत्तर तर्फ मोहन्याल गाउँपालिका, पश्चिममा बर्दगोरिया गाउँपालिका, पूर्वमा कर्णाली नदी तथा बर्दिया जिल्ला, दक्षिणमा जानकी गाउँपालिका र दक्षिण पश्चिममा जोशीपुर गाउँपालिका पर्दछ । लम्कीचुहा नगरपालिका २०७१ वैशाख २५ गते घोषणा गएिको हो भने २०७३ फागुन २२ गतेदेखि तत्कालीन प्रतापपुर गा. वि. स. का सबै वडाहरु यस नगरपालिकामा मिसाएर १० वडामा विभाजन गरिएको हो । यस क्षेत्रको औसत तापक्रम ४१ डिग्री सेल्सियस र न्यस्नतम १० डिग्री सेल्सियस रहेको पाइन्छ ।
यस नगरपालिकाको जम्मा घरधुरी २०,४१२ र कुल जनसंख्या ९०,९७१ रहेको छ जसमध्ये पुरुषको संख्या ४२,४४१ र महिलाको संख्या ४८,५३० रहेको छ ।